|  

वागमती प्रादेशिक ललितकला प्रदर्शनी, २०८१ शुरु

२६ फागुन, काठमाडाैं । वागमती प्रादेशिक ललितकला प्रदर्शनी, २०८१ शुरु भएको छ ।

आजबाट शुरु भएको प्रदर्शनी चैत्र १ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान,नक्शालमा शुरु सञ्चालन हुनेछ । प्रदर्शनी शुभारम्भ कार्यक्रममा बोल्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले सात प्रदेशमै कलाको प्रदर्शनीपछि राष्ट्रिय कला प्रदर्शनी गर्ने योजनाअनुसार अहिले वागमती प्रदेशस्तरीय कला प्रदर्शनी गरेको बताए । उनले प्रदेशमै गएर कला प्रदर्शनी गर्नसक्दा झनै राम्रो हुने बताए । पालिकास्तरमै गएर कला प्रदर्शनी गर्दा झनै राम्रो हुने विश्वास व्यक्त गरेका छन् । प्रदेशस्तरमा पुगेर कला प्रदर्शनी गर्दा रैथाने मौलिक कला, शिल्पज्ञान केही न केही स्तरले माथि उठेको दाबी गरे । उनले स्थानीय कलाकारलाई आफ्नै आँगनमा कला प्रदर्शनी हुँदा जागरण पैदा भएको जिकिर गरेका छन् ।

वागमती प्रादेशिक ललितकला प्रदर्शनीमा स्वतःस्फुर्त रुपमा आएका २०९ जना कलाकारका २४१ वटा कलाकृति समावेश छन् ।