|  

राजावादीहरुको विरुद्धमा एकतावद्ध हुन नेकपा एसको आह्वान !

२६ फागुन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि राजावादीहरुको विरुद्धमा एकतावद्ध हुन आह्वान गरेको छ ।

आज पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो आह्वान गरेको हो । बैठकमा वर्तमान परिस्थितिका बारेमा लामो छलफल भएको र राजावादी, प्रतिगमनकारी, पुनःउत्थनवादी शक्तिहरु सल्बलाइरहेको भन्दै गणतन्त्रका बिरुद्धमा षड्यन्त्र हुन नदिन गणतन्त्रवादी शक्तिहरुलाई एक हुन आह्वान गर्ने निर्णय भएको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । गणतन्त्रको विकल्प अझ उन्नतस्तरको समाजवादी गणतन्त्र भएको निस्कर्ष पार्टीको रहेको बताउँदै उनले प्रतिगनकारी, यथास्थितिवादी शक्तिहरुका षड्यन्त्रलाई परास्त गर्न सबै गणतन्त्रवादी शक्तिहरु एक हुनुपर्ने बताए । 

बैठकले रोजगारी र सुशासनको निम्ति आन्दोलन अघि बढाउने र आन्दोलनको रुपरेखाबारे जानकारी दिन चैत्र १ गते पत्रकार सम्मेलन गर्ने पनि निर्णय गरेको छ ।