|  

निजी विद्यालयलाई स्काउट राख्न खेलकुदमन्त्री चौधरीको आग्रह

२६ फागुन, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रत्येक निजी विद्यालयमा स्काउटको व्यवस्था गर्न आग्रह गरेका छन् ।

आज निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको १६ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपाल स्काउट खेलकुद मन्त्रालयअन्तर्गत रहेको र प्रत्येक निजी विद्यालयले आफ्नो विद्यालयमा स्काउट राख्न आग्रह गरेका हुन् । स्काउटले विद्यार्थीलाई अनुशासनमा राख्ने बताउँदै उनले विद्यालय भनेकै खेलकुद रहेकाले खेलकुद नभएको विद्यालयमा विद्यार्थी घटिरहेको तथ्यांकले देखाएको बताए । मन्त्री चौधरीले प्याब्सनलाई जिल्ला, आफ्नो क्षेत्रभित्र कुनैपनि खेलहरु गराउन आग्रह गरे ।