२६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको व्यवस्था नचाहनेहरू आगोमा रोटी सेक्नतर्फ लागेको टिप्पणी गरेका छन् ।
कैलालीको धनगढीमा भइरहेको कांग्रेसको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन । व्यवस्था बदल्न साथ दिएका आम नागरिकमा अवस्था परिवर्तन नहुँदा असन्तुष्टि बढेको उनले स्वीकार गर्दै उनले त्यो अवस्था कांग्रेसको नेतृत्वमा बनेको संविधानकै अधिनमा रहेर बदल्ने दाबी गरे । नेपाली कांग्रेसले लोकतान्त्रिक व्यवस्थाको विकल्प नखोज्ने पनि थापाले बताए ।