|  

काठमाडौंमा प्रशासनले जारी गर्‍यो निषेधाज्ञा !

२६ फागुन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सिंहदरबार, नयाँ बानेश्वरसहित विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

फागुन २५ गतेदेखि लागू हुनेगरी सिंहदरबार क्षेत्र, संसद् भवन रहेको नयाँ बानेश्वर, राष्ट्रपति कार्यालय वरपर, उपराष्ट्रपति कार्यालय क्षेत्र, साथै प्रधानमन्त्री निवास बालुवाटार आसपास निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञा दुई महिनासम्म लागू रहनेछ । यस अवधिमा ती क्षेत्रमा पाँच जना भन्दा बढी भेला भई नारा जुलुस, धर्ना, घेराउ तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ ।

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा प्रदर्शन भएको थियो । पूर्वराजावादीहरुको सक्रियता बढेसँगै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।