२६ फागुन, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रत्येक निजी विद्यालयमा स्काउटको व्यवस्था गर्न आग्रह गरेका छन् ।
सोमवार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको १६ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
मन्त्री चौधरीले नेपाल स्काउट खेलकुद मन्त्रालय अन्तर्गत रहेको र प्रत्येक निजी विद्यालयले आफ्नो विद्यालयमा स्काउट राख्न आग्रह गरे ।
चौधरीले स्काउटले विद्यार्थीलाई अनुशासनमा राख्ने भन्दै विद्यालय भनेकै खेलकुद रहेको र खेलकुद नभएको विद्यालयमा विद्यार्थी घटिरहेको तथ्यांकले देखाएको बताए ।