२६ फागुन, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले पहिचान सहितको संघीयता आवश्यक भएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित पार्टीको वागमतीस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भाषा, संस्कृति र भुगोल मिलेको ठाउँमा स्वायत्त साशनको व्यवस्था गर्नुपर्ने बताए। उनले भाषा र संस्कार सहितको संघीय साशन व्यवस्थाले सम्बन्धित समुदायको आत्मबल बढ्ने बताए। सबै समुदायले समानताको आधारमा आफ्नो पहिचान स्वीकार गर्नुपर्ने उनको भनाइ छ।
उनले भने, ‘जति बेलासम्म हाम्रो भाषा संस्कृति र पहिचान रहन्छ सबैले एकआपसको पहिचान स्वीकार गर्ने । पहिचानले हामी फरक छौँ तर हामी असमान होइनौँ । यही भन्नका निम्ति सबैको पहिचान स्वीकार गर्ने भन्या हो । होलो हेचो नगरी सबै बराबर हो भनेर मान्ने र सँगसँगै जसको भाषा, संस्कृति भूगोल मिलेको ठाउँ छ त्यो ठाउँमा उनीहरुकै स्वायत्त शासन चलाउन दियो भने उनीहरुको पनि आत्मवल बढ्छ, सम्मान बढ्छ र उनीहरु आफ्नै भाषामा लेखपढ गर्दाखेरी मस्तिष्कको विकास हुन्छ । त्यसैले पहिचानसहितको संघीयता भनेको चाहीँ उनीहरुकै भाषामा पढाइ लेखाइ गर्नु, मातृभाषा स्कुलमा पनि पढ्न पायो भने उस्ले छिटो सिक्छ पनि उस्को मस्तिष्कको विकास पनि हुन्छ । त्यसैले ति ठाउँहरुमा स्वायत्त साशन दिनुपर्छ र उनीहरुलाई निश्चित अधिकार दिनुपर्छ ।’