|  

एकाबिहानै कास्की केन्द्रविन्दु भएर४.३ रेक्टर स्केलको भूकम्प 

२७ फागुन, काठमाडौं । कास्कीमा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार मंगलबार बिहान ४ बजेर ११ मिनेटमा कास्कीको मादी गाउँपालिकाको सैमराङ आसपास केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का महसुस कास्की र आसपासका जिल्लामा गरिएको थियो । भूकम्पले क्षति पुर्‍याएको विवरण भने आएको छैन ।