२७ फागुन, काठमाडौं । अमेरिकाले युक्रेनमा शान्ति सम्झौताका लागि उसले आफ्नो केही भूभाग त्याग्नुपर्ने हुन सक्ने बताएको छ ।
मंगलबार अमेरिकी र युक्रेनी अधिकारी युद्ध अन्त्यका लागि साउदी अरबमा वार्तामा बस्दैछन् । त्यसका लागि जेद्दा जानुअघि अमेरिकी विदेशमन्त्री मार्को रूबिओले पत्रकारहरूसँगको कुराकानीमा रूबिओले युद्ध अन्त्यका लागि युक्रेनले केही भूभाग त्याग्नुपर्ने बताएका हुन् ।
रूसले पनि केही त्याग गर्नुपर्ने उनले बताए। उनले यसलाई अझै प्रष्ट पार्दै सन् २०१४ यता रूसले कब्जा गरेको भूभागहरू युक्रेनले छाड्नुपर्ने बताए। यसमा रूस के त्याग गर्न तयार छ भन्ने विषय भविष्यको वार्ताले निर्णय गर्ने रुबिओले बताएका छन्।मंगलबार साउदी अरबको जेद्दामा अमेरिकी र युक्रेनी अधिकारीबीच भेटवार्ता हुँदैछ।