|  

घट्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ? 

२७ फागुन, काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन  तोलामा ५ सय रुपैयाँले घटेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर  प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।