|  

प्रचण्डले संसदमा सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित नहुने

२७ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभामा सम्बोधन गर्दैछन् ।

तर, प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर जाने भएकाले प्रचण्ड बोल्दा आज  पनि उनी प्रतिनिधि सभामा अनुपस्थित रहनेछन । यसअघि गत माघ २४ गते प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले प्रतिनिधि सभामा सम्बोधन गर्दा पनि प्रधानमन्त्री ओली अनुपस्थित थिए । त्यतिबेला प्रचण्डले प्रधानमन्त्री ओली उपस्थित नभएकोमा गुनासो गरेका थिए ।