|  

फिलिपिन्सका पूर्वराष्ट्रपति दुतेर्ते विमानस्थलबाटै पक्राउ

२७ फागुन, काठमाडौं । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्तेलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको आदेशमा मनिलामा पक्राउ गरिएको छ ।

हङकङमा आयोजित एउटा कार्यक्रमबाट स्वदेश फर्केका दुतेर्तेलाई मनिला विमानस्थलमै हिरासतमा लिइएको थियो।

उनको कार्यकालमा लागुपदार्थ विरोधी अभियानका नाममा हजारौं व्यक्तिको सरकारी सुरक्षाकर्मीले गैरकानुनी हत्या गरेको अभियोगमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले उनलाई पक्राउ पुर्जी जारी गरेको थियो ।

दुतेर्ते सन् २०१६ देखि २०२२ सम्म फिलिपिन्सका राष्ट्रपति थिए ।