२७ फागुन, काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल झापा जिल्ला इन्चार्ज खगेन्द्रराज आङ्देम्बे ‘राज’सहित तीन जनामाथि आक्रमण भएको छ । आक्रमणमा तीनैजना गम्भीर घाइते भएका छन् ।
आक्रमणमा घाइते हुनेहरूमा आङ्देम्बेसहित विश्वदीप राजवंशी र अजय खवास छन् । तीनैजना घाइतेहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । इन्चार्ज आङ्देम्बेको आईसीयु र अरू दुईजनाको अर्थोवार्डमा उपचार भइरहेको छ ।
आङ्देम्बेलाई खुकुरी प्रहार गरिँदा उनको अनुहारमा गम्भीर चोट लागेको छ। अन्यको हात र शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरूमध्ये आङ्देम्बेलाई बिर्तामोड–४ का खगेन्द्र खालिङले हिजो राति करिब १ बजे घरमा बोलाएका खुलेको छ। घरभित्र पस्न चेनगेटमा पुग्नेबित्तिकै खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।