२७ फागुन, काठमाडाैं । जारी पीएम कप अन्तर्गत मधेश प्रदेशले विजयी शुरुवात गरेको छ ।
मंगलबार सम्पन्न खेलमा मधेश प्रदेशले कोशी प्रदेशमाथि १६५ रनको फराकिलो जित हासिल गरेको हो । मधेश प्रदेशले दिएको २८५ रनको लक्ष्य पछाएको कोशी प्रदेशले २२ ओभरमा अल आउट हुदै ११९ रन मात्र बनाएको थियो । यसअघि पहिला ब्याटिंग गरेको मधेश प्रदेशले ५० ओभरमा ६ विकेट गुमाउदै २८४ रन बनाएको थियो ।
यो जितपछि मधेश प्रदेशले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ भने कोशी प्रदेशले लगातार दोस्रो हार बेहोरेको छ ।