|  

तोसिमा कार्कीको सांसद पद जोगियो, जितिन् मुद्दा

२७ फागुन, काठमाडाैं ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीको सांसद पद जोगिएको छ ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो । आयोगले मेडिकल काउन्सिल सदस्य पद सार्वजनिक पद भएको र त्यसबाट राजीनामा नदिई उम्मेदवार बन्न नपाउने नियम उल्लंघन भएको ठहर गरेको थियो ।

सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि उनको उम्मेदवारी कायम रह्यो । पछि कानुनी सल्लाह अनुसार उनले मेडिकल काउन्सिल सदस्य पदबाट राजीनामा दिइन्, जसले उनको सांसद पदलाई थप सुदृढ बनायो ।