|  

नेप्से उच्च अंकले घट्यो, ८ अर्ब ३९ करोडको कारोबार

२७ फागुन, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजार परिसूचक नेप्से उच्च अंकले घटेको छ । आइतबार र सोमबार दोहोरो अंकले घटेको नेप्से आज पनि राताम्मे बनेको हो ।

आज नेप्से ३२.२१ अंकले घटेर २७१९.२० अंकमा पुगेर बन्द भएको छ । नेप्से घटेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ओरालो लागेको छ । आज सेन्सेटिभ इन्डेक्स ३.२८ अंकले घटेर ४५६.४७ विन्दुमा पुगेको छ । आज विकास बैंकबाहेक अन्य सबै उपसमूहको सूचक घटेको छ ।

आज कारोबारमा आएका ३२ कम्पनीका लगानीकर्ताले कमाउँदा २०९ कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् । ३ कम्पनीको शेयर मूल्य भने परिवर्तन भएन । नेप्सेका अनुसार आज १ करोड ५५ लाख ५९ हजार कित्ता शेयर ८ अर्ब ३९ करोड ११ लाख भन्दा बढीमा कारोबार भयो ।

आज महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाउँदा नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले धेरै गुमाएका छन् । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सबैभन्दा धेरै कारोबार भयो ।