|  

जनताले ल्याएको लोकतान्त्रिक गणतन्त्र जनताले चाहेसम्म रहन्छ: रक्षामन्त्री राई

२७ फागुन, काठमाडौं । रक्षामन्त्री मानवीर राईले जनताले ल्याएको लोकतान्त्रिक गणतन्त्र भएकाले जनताले चाहेको बेलासम्म रहने बताएका छन । 

संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले लोकतन्त्र नसकिने बताए । उनले जनताले बनाएको संविधान सकिने भन्ने नहुने बताए। उनले जनताले बनाएकै संविधानका कारण आज सर्वसाधारण मानिस राष्ट्रपति हुन पाएको उल्लेख गरे । 

रक्षामन्त्री राईले भनृ, ‘सकिने भन्ने कुरा होइन । जनताले बनाएको संविधान सकिने भन्नेकुरा होइन । किनभने आज सर्वसाधारण जनता पनि हिजो राजा रहेको पदमा राष्ट्रपति हुने मौका पाएको छ । महिलाले पाएको छ । मधेसीले पाएको छ । उत्पीडित जनजाति सबैले पाएको छ । यो लोकतन्त्र, गणतन्त्र अन्त्य हुने विषय भएन । कहिले पनि अन्त्य हुँदैन । जनताले बनाएको संसिवधान, लोकतन्त्र र गणतन्त्र हो । जनताले नचाहेसम्म केही हुँदैन ।’
रक्षामन्त्री राईले जनताले बनाएको संसिवधान, लोकतन्त्र र गणतन्त्र भएकाले अन्त्य नहुने जिकिर गरे ।