२७ फागुन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशीलतामा जोड दिनुपर्ने धारणा राखेका छन् ।
आज काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन । उनले समानता र सामाजिक न्यायसहितको समाज निर्माणका लागि महिला श्रमको निशर्त सम्मान हुने वातावरण आवश्यक रहेको बताए । उनले उद्यमशीलताले मानिसमा आत्मसम्मान र आत्मनिर्भरता बढाउनुका साथै देश विकासका लागि पनि योगदान दिने उल्लेख गरे ।