|  

साफ यू–१९ च्याम्पियनसिपको ड्र सार्वजनिक, नेपाल र भारत एकै समूहमा

२७ फागुन, काठमाडाैं । साफ यू–१९ च्याम्पियनसिप फुटबलको ड्र सार्वजनिक भएको छ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी भारतमा आयोजना हुने ड्र सार्वजनिक गरिएको हो। जसअनुसार समूह बीमा नेपाल र भारत एकै समूहमा परेका छन्। सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा माल्दिभ्ससँगै भुटान र बंगलादेश रहेका छन् भने समूह बी मा आयोजनक भारतसँगै नेपाल र श्रीलंका परेका छन्।