|  

प्रचण्ड आज रुपन्देही जाँदै 

२८ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुपन्देही  जाँदै छन् । 

जिल्लाका विभिन्न चार कार्यक्रममा प्रचण्डले सहभागिता जनाउने छन् । कार्यतालिका अनुसार बिहान ११ बजे रुपन्देहीको ओमसतिया–६ मा अवस्थित रामजानकी जमुहानी पोखरा ताल पार्कको शिलान्यास गर्ने कार्यक्रम छ । त्यसपछि अध्यक्ष प्रचण्डले बुटवल उपमहानगरपालिकाको समन्वयमा ज्योतिनगर पहिरो क्षेत्रको निरीक्षण गर्नेछन् ।

यसैबीच प्रचण्डले बुटवल ट्राफिक चोकमा आयोजना हुने मगर मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि सैनामैनामा चलिरहेको सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको समापन समारोहमा पुग्ने छन् ।