२८ फागुन, काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने सुनसरीको इनरुवा नगरपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयको भवन निर्माणको शिलान्यास गरिएको छ ।
भवनको संघीय सांसद ज्ञानेन्द्रबहादुर कार्की, काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव र इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । भवन शिलान्यास गर्दै दूतावासका नियोग उपप्रमुख श्रीवास्तवले सन् २००३ यता भारत सरकारको नेपालमा ५६३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालनमा ल्याएको जानकारी दिए ।
नेपाल–भारत विकास सहयोग’अन्तर्गत भारत सरकारको २.४८३ करोड आर्थिक सहयोगमा विद्यालयको विद्यालय भवन निर्माण गरिँदैछ ।नेपाल–भारत विकास सहयोग’अन्तर्गत रहेको भारत सरकारको अनुदानमा दुई तल्ले विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग हुने काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।
यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी)को रूपमा लिइएको छ ।
त्रिभुवन माध्यमिक विद्यालय सन् १९५८ मा स्थापना भएको थियो । विद्यालयले कक्षा नर्सरीदेखि कक्षा १२ तहसम्मका विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयमा लगभग ७५० विद्यार्थी रहेका छन् ।