|  

आज तीन संसदीय समितिको बैठक बस्दै

२८ फागुन, काठमाडौं । आज तीन वटा समितिको बैठक बस्दै छ ।

जसअन्तर्गत आज बिहान ८ बजेबाट अर्थ समितिको बैठक बसिरहेको छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल भइरहेको छ ।

त्यस्तै बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन)विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ग्यालरी बैठक भवन (पुरानो प्रतिनिधि सभा भवन) पुनर्निर्माणको प्रगतिको अवस्था बारेमा छलफल हुनेछ ।