|  

चार देशीय क्रिकेट शृंखलाः आज नेपाल र नामिबिया खेल्ने

२८ फागुन, काठमाडौं ।  चार देशीय महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले आज नामिबियासँग  प्रतिस्पर्धा गर्दैछ ।

खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।जारी सिरिजमा नेपालले तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ ।

नेपालले आयोजक युगाण्डालाई हराएको थियो भने नामिबिया र हङकङसँग पराजित भएको थियो । यस्तै, नामिबियाले पनि एकमा जित र दुईमा हार बेहोरेको छ ।