|  

चन्द्रागिरिमा एक पुरुषले फेसबुकमा लाइभगरी आफ्नो शरीरमा आगो लगाए

२८ फागुन, काठमाडौं ।  काठमाडौंको चन्द्रागिरिमा एक व्यक्तिले आत्मदाह प्रयास गरेका छन् । उनलाई उद्धारगरी अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ ।

गएराति साढे १२ बजेतिर स्थानीय उत्तम कार्कीले फेसबुक पेजमा लाइभगरी आफ्नो शरीरमा आफैं आगो लगाएका थिए । घटना थाहा पाएपछि पुगेको प्रहरीले उनलाई उद्धारगरी अस्पताल पुर्‍याएको हो ।उनको उपचार कीर्तिपुरको बर्न अस्पतालमा भइरहेको छ । 

उनले फेसबुक लाइभमा स्थानीय एक युवतीले मानसिक तनाव दिएको र उनकै कारण आफू पक्राउ परेको, पारिवारिक सम्बन्ध बिथोलिएको, प्रहरीले आफ्नो कुरा नसुनेको र यी सबै कारणले कान नसुन्ने बुवा र आँखा नदेख्ने आमाले दुःख पाएको भन्दै अब बाँच्न नसक्ने बताएका थिए ।