|  

बाराको चुरियामाई मन्दिर नजिक बस दुर्घटना 

२८ फागुन, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको चुरियामाई मन्दिर नजिक बस दुर्घटना भएको छ ।

चितवनको नारायणगढबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेको बा ५ ख ४०७३ नम्बरको यात्रुबाहक बस स्कुटरसँग ठोक्किएर सडकको नालीमा खसेको हो।

दुर्घटनामा परी बसका यात्रुहरु सकुशल छन् भने स्कुटर चालक घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल पठाइएको छ ।