२८ फागुन, काठमाडौं । काठमाडौंमा आज वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिनभर काठमाडौंमा आंशिकदेखि साधारणतया बदली हुनेछ । अपराह्नपछि काठमाडौंका केही स्थानमा हल्का वर्षा हुनेछ ।
दिउँसो २ बजेपछि खण्डवृष्टिको सम्भावना रहेको हो । हिजो पनि काठमाडौंमा केही स्थानमा छिटपुट वर्षा भएको थियो । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।