|  

‘मितज्यू’बाट फिल्ममा डेब्यु गर्दै तेरिया मगर

२८ फागुन, काठमाडौं ।  डान्सर तेरिया फौजा मगरले फिल्म ‘मितज्यू’ बाट नेपाली फिल्ममा डेब्यु गर्ने भएकी छन् ।

दयाहाङ राईको समेत अभिनय रहने फिल्म ‘मितज्यू’मा मगरले डेब्यु गर्ने निश्चित भएको छ । फिल्मले सामाजिक संजालबाट कलाकारबारे जानकारी दिएको हो ।फिल्मको प्रदर्शन २०८२ सालको चैत २७ लाई घोषणा गरिएको छ ।

अनिल बुढामगरको यो दोस्रो निर्देशकीय फिचरमा दयाहाङ र तेरियालाई जोडीको रुपमा देख्न पाइने अनुमान गरिएको छ ।जीएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मका लगानीकर्ता जनक घर्ती मगर हुन् ।तेरियाको कुरा गर्दा अभिनयमा उनको यो डेब्यु चाहिँ होइन । यसअघि उनले सन् २०२२ को भारतीय वेब सिरिज ‘उनकी यारी’ र सन् २०२३ को ‘क्याम्पस बिट्स’मा पनि अभिनय गरेकी थिइन् । फिचर फिल्मको रुपमा ‘मितज्यू’ पहिलो हुनेछ ।