२८ फागुन, काठमाडौं । कांग्रेस निकट नेपाल विद्यार्थी संघले केन्द्रीय क्याम्पस कीर्तिपुरमा तालाबन्दी गरेको छ ।
स्वतन्त्र विद्यार्थी युनियन स्ववियू निर्वाचन बागी उम्मेदवारी दर्ता गराएको आरोप लगाउँदै तालाबन्दी गरेको हो ।
आधिकारिक रूपमा अध्यक्षमा अनोज कार्कीको नेतृत्वको टीम भएपनि नेविसंघ केन्द्रीय समितिको टिकट भन्दै नक्कली हस्ताक्षर र छाप लगाएर तोकिएको समय ५ बजेपछि मनोनयन दर्ता गरिएको आरोप छ ।