२८ फागुन, काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका–८ मा माटोको ढिस्काले पुरिएर १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।
मृत्यु हुनेमा सर्केगाड गाउँपालिका–७ की २८ वर्षीय नेत्रकला जैसी रहेकी छन् । सर्केगाड गाउँपालिका–८ स्थित ढाडकोटमा माटो खन्ने क्रममा सर्केगाड गाउँपालिका–७ की तीर्थकला जैसी, मञ्जली जैसी, बालकी जैसी, लक्ष्मी जैसी घाइते भएका छन् ।नेत्रकला जैसीको घटना स्थलमै मृत्यु भएको हो। घाइतेहरू २५ वर्षदेखि २८ वर्षका रहेका छन्।