|  

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? 

 २८ फागुन, काठमाडौं । साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ६९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ ।