|  

सातै प्रदेशसभाका सभामुख प्रधानमन्त्री भेट्न बालुवाटारमा

२८ फागुन, काठमाडौं । सातै प्रदेशसभाका सभामुखहरू प्रधानमन्त्री भेट्न बालुवाटार आएका छन् ।

सरकार र संसद्को कामकारबाहीबारे छलफल गर्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित सातै प्रदेशका सभामुखहरू बालुवाटार आएर प्रधानमन्त्रीलाई भेटेका हुन । प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘प्रतिनिधिसभाका सभामुखसहित सात वटै प्रदेश सभाका सभामुखहरू बालुवाटार आएर छलफल गर्नुभएको छ । संसद र सरकारका कामकारबाहीबारे छलफल भएको छ ।’