|  

विभिन्न १० निर्माण कम्पनी कालोसूचीमा

२८ फागुन, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयको फागुन ५ गतेको निर्णयअनुसार विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्न सिफारिस भएअनुसार १० कम्पनीलाई आजदेखि लागू हुने गरी कालोसूचीमा राखिएको हो । कालोसूचीमा परेका कम्पनीहरूले आगामी एक वर्षदेखि डेढ वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन । यस निर्णयसँगै, ती कम्पनीहरूलाई आगामी समयका लागि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन प्रतिबन्ध लगाइएको छ ।

blacklist