|  

प्राकृतिक स्रोत तथा वित्त आयोगले समानिकरणको अनुदान वितरणमा पक्षधरता लिने गरेको राप्रपाको आरोप

२८ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद विना लामाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समानिकरणको अनुदान वितरणको आधार र मापदण्ड नबनाई पक्षधरलाई बाँडफाँड गरेको आरोप लगाएकी छन् ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद लामाले यस्तो आरोप लगाएकी हुन् । उनले अमेरिकी सहयोग परियोजना युएस एडको अनुदान सहयोग समेत आयोगको मिलोमतोमा दुरुपयोग गरिएको आरोप लगाए । युएस एडको सहयोग दुरुपयोग गर्नमा आयोगका पदाधिकारीको समेत संलग्नता रहेको भन्दै आवश्यक छानविन गर्न माग गरिन् । उनले भनेका छन, ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समानिकरणको अनुदान वितरणको  आधार र मापदण्ड वितरणको पक्षधरको आधारमा बाँडफाँड गर्ने गरेको बुझिएको छ । सभामुख महोदाय यस्तै आयोगको स्वीकृतिबिना युएस एडको सहयोग दुरुपयोग भएको र यसमा आयोगकै पदाधिकारी संलग्न छन् भन्ने समाचार आएको छ । यसले गैरजिम्मेवारी पन देखाइएको छ । यसमा निष्पक्ष छानविन गरी सदनमा जानकारी गराउन माग गर्दछु ।’

उनले आयोगको संलग्नता र अनुदान वितरणको विषयमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन् ।