२८ फागुन, काठमाडौं । काठमाडौं महानगर क्षेत्रमा सञ्चालित साझा यातायातका १२ वटा बसलाई चलाउन रोक लगाइएको छ ।
काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीको संयुक्त पहलमा साझा यातायातका सवारी साधनको प्रदूषण जाँच गर्ने क्रममा ती बस फेल भएसँगै सञ्चालनमा रोक लगाइएको हो । २०८१ फागुन २५ पुल्चोकस्थित साझा यातायातको ग्यारेजमा ३१ वटा सवारी साधनको प्रदूषण जाँच गरिएको थियो ।
प्रदूषण जाँचका क्रममा १२ वटा सवारी साधन निर्धारित मापदण्ड पूरा गर्न नसकी फेल भएका छन भने १९ वटा सवारी साधन सही अवस्थामा रहेको पाइएको छ । फेल भएका सवारी साधनलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याउने सहमति भएको छ । सवारी साधनको प्रदूषण न्युनिकरणका लागि काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीको पहलमा निरन्तर निगरानी गरिने महानगरपालिकाले जनाएको छ ।