२८ फागुन, काठमाडौं । काठमाडौंको मूलपानीमा टिपरको बालुवा अनलोड गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामेछाप मन्थली नगरपालिका-७ घर भएका १५ वर्षीय सुमन खड्का रहेका छन् । सोही नगरपालिका-७ मूलपानीबाट अमरसिंह थापा चोक जाने सडकमा बागमती प्र।
०३-००१ ख १३३८ नम्बरको टिपरको बालुवा अनलोड गर्ने क्रममा बिजुलीको पोलको तार सर्ट भएर करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका टिपरका सहचालक खड्कालाई उपचारका लागि शंखरापुर अस्पताल नारायणटारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।