|  

बालेनविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी रिट हेर्न नभ्याइनेमा 

२८ फागुन, काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी रिट हेर्न नभ्याइनेमा परेको छ ।

सर्वोच्च अदालतका न्यायधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको हो । मेयर शाहले बलिउड चलचित्र आदिपुरुष लगायत अन्य हिन्दी फिल्महरू नेपाली हलमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि उक्त निर्णयविरूद्ध नेपाल चलचित्र सङ्घ उच्च अदालत पाटन पुगेको थियो ।

उच्चले भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्र नरोक्न अन्तरिम आदेश दिएपछि मेयर शाहले अदालत र सरकार भारतको गुलाम भएको भन्दै आलोचना गरेका थिए । उक्त टिप्पणीपछि अधिवक्ता वर्षाकुमारी झाले २०८० असार ८ गते मेयर शाह विरुद्ध अदालतको अवहेलनामा कारवाहीको माग गर्दै रिट दायर गरेकी थिइन ।