|  

पीएम कप : आर्मीको लगातार दोस्रो जित

२८ फागुन, काठमाडौं ।  जारी पीएम कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । बुधबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको ११८ रनको लक्ष्य पछाएको आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । 

आर्मीको जितमा सन्तोष कार्कीले ५५ रन बनाएका थिए । सन्तोषले लगातार दोस्रो खेलमा अर्धशतक बनाएका छन् । उनले पहिलो खेलमा बागमतीविरुद्ध ७६ रन बनाएका थिए । 

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले ४५.३ ओभरमा अल आउट हुदै ११७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि निश्चल बोहोराले ४९ रन बनाएका थिए । त्यस्तै आर्मीका बलर शहाब आलमले ४ विकेट लिएका थिए भने सोमपाल कामीले २ विकेट लिएका थिए ।

यो जितपछि आर्मीको २ खेलमा ४ अंक भएको छ भने सुदूरपश्चिमको ३ खेलमा एक जित र २ हारसहित २ अंक रहेको छ ।