|  

१७ अंकले बढ्यो नेप्से, ८ अर्ब २३ करोडको कारोबार

२८ फागुन, काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। बुधबार नेप्से परिसूचक १७.२८ अंक बढेर २७३६.४८ विन्दुमा पुगेको छ। 

त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स अंक २.५५ बढेको छ भने फ्लोट इण्डेक्स १.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७५ अंक बढेको छ।

मंगलबार ८ अर्ब ३९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२३ स्टकको ७९ हजार २३६ पटकको कारोबारमा ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार रुपैयाँबराबरको २ करोड २९ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.७९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन प्रभु इन्स्योरेन्सको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। 

यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३८० रुपैयाँ ८० पैसा घटेर ३ हजार ४२७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।