२८ फागुन, काठमाडौं । ‘निजीकरण (पहिलो संशोधन विधेयक) २०८१’ प्रतिनिधि सभामा पेश गरिएको छ ।
आजको प्रतिनिधि सभाको बैठकमा उक्त विधेयक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सभामा पेश गरेका हुन् । यसअघि उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरुले विरोधको सूचना दिएका थिए । सो सूचना नियणार्थ पेश गर्दा बहुमतले अस्वीकृत भयो । सरकारले ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१’ ल्याएको थियो । उक्त अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा टेबुल गरेको हो ।