|  

सरकारको गलत व्यवहारले निरंकुशतन्त्रले टाउको उठाउन खोजेको होः वर्षमान पुन

२८ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारका कारण अहिले पाएका अधिकारप्रति निरंकुशतन्त्रले प्रहार गर्न खोजेको टिप्पणी गरेका छन् ।

मगर मुक्तिमोर्चाको छैठौं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले अहिले निरंकुश शक्ति पुरानो अधिकार फर्काउन उद्त रहेको र विदेशी शक्ति यहाँको विवादमा रमाइरहेको बताए । उनले भनेका छन्, ‘अहिलेका सबै परिवर्तनको सबै आधार माओवादी युद्ध नै हो, वंश परम्परा हटाएको, उत्पीडित जाती र वर्गको अधिकार दिलाएको हो, यो अधिकारप्रति धावा बोलिएकोछ, ठूला दलको गठबन्धनको गलत व्यवहारले निरंकुशतन्त्रले टाउको उठाउन खोजेको हो ।’