|  

​​​​​​​गगनप्रति रास्वपाको कटाक्ष-तपाईहरु जस्तो खाली कागज लिएर प्रमाण छ भनेका छैनौँ, प्रमाण छ !

२८ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद  शिशिर खनालले काठमाडौंको तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहानको जग्गा नेपाली काँग्रेसका नेताले हडपेको आफुसँग प्रमाण रहेको बताएका छन् ।

आज संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै प्रमाण चाहिए पेश गर्न तयार रहेको बताएका हुन् । गगन थापा प्रति लक्षित गर्दै नभएको प्रमाण पनि छ भन्दै खाली कागज नदेखाएको भन्दै उनले विना प्रमाण नबोलेको प्रष्ट पारे । उनले संसद बैठकमा काँग्रेस सांसदहरुले आफुले उठाएको विषयमा विरोध गरेकोप्रति नियममापत्ति पनि जनाए । आजको संसद बैठकमा रास्वपाका सांसद खनाल र अर्की सांसद सुमनाले नेवार समुदायको चिहानको जग्गा नेपाली काँग्रेसका नेताले हडपेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । त्यसपछि काँग्रेस सांसदहरुले उठेर विरोध जनाए ।