|  

राजावादीलाई चुनौति दिन जागरण अभियान नै स्थगित गरेर काठमाडाैं आँएः प्रचण्ड

२८ फागुन, काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा धर्मपनिरपेक्षताको जननी माओवादी भएको बताएका छन् ।

आज बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समावेशिता, समानुपातिकता, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, सबैको जन्मदाता माओवादी भएको बताएका हुन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै इतिहासबाट परास्त भएका प्रतिगामी शक्तिहरुले वर्तमान गठबन्धन सरकारको जनबिरोधी क्रियाकलापबाट असन्तुष्ट भएका जनतालाई भ्रम दिएको आरोप लगाए । पूर्वराजा शाहको गतिविधिलाई हुंकार दिनकै लागि तराई मधेस जागरण अभियान स्थगित गरेर काठमाडौं आएको उनले बताए । उनले भने, ‘यो गठबन्धन सरकारको जनबिरोधी क्रियाकलापबाट असन्तुष्ट भएका जनतालाई भ्रम दिएर एकथरी इतिहासबाट परास्त भएर मिल्क्याइएका शक्तिहरु फेरि बाटोमा देखापरे । हामीले सोच्यौँ । तराईमा त हिँड्दै गरौँला आएर । पहिला काठमाडौंमा गएर तिनीहरुलाई चुनौति दिनुपर्छ भनेर किनभने यो त उत्पीडित जाति, वर्ग, समुदाय सबैले मिलेर ल्याएको परिवर्तन हो । यसको रक्षा गर्ने जिम्मेवारी जसले जन्माएको हो त्यसको नै हुन्छ । आज समावेशिता, समानुपातिकता, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, सबैको जन्मदाता माओवादी नै हो ।’

अध्यक्ष प्रचण्डले प्रतिगामी चलखेललाई सफल हुन नदिने जिकिर गरे ।