|  

नेपाली महिला-पुरुष क्रिकेट खेलाडीहरुको नयाँ ग्रेडिङ

२८ फागुन, काठमाडौं ।   नेपाल क्रिकेट संघ (क्यान)ले सेन्ट्र कन्ट्र्याक्टका लागि पुरुष तथा महिला खेलाडीहरुको नयाँ ग्रेडिङ गरेको छ ।

क्यानले पुरुषतर्फ ३३ जना खेलाडीलाई ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र इमर्जिङ गरी पाँचवटा समूहमा ग्रेडिङ गरेको हो । ग्रेड एमा कप्तान रोहित पौडेल, दीपेन्द्र ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आशिफ शेख रहेका छन् ।

यस्तै, ग्रेड ‘बी’मा करण केसी, कुशल भुर्तेल, गुल्शन झा, ललितनारायण राजवंशी र अनिल शाह गरी ५ खेलाडी छन् ।

ग्रेड ‘सी’मा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल गरी चारजना छन् । ग्रेड ‘डी’मा सागर ढकाल, लोकेस बम, सहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिस जिसी, अविनाश बोहरार मयम यादव छन् ।

क्यानले इमर्जिङ क्याटागोरीमा अर्जुन घर्ती, हेमन्त धामी, दिपेश कँडेल, रुपेश सिंह, अर्जुन कुमाल, शुभ कंसाकार र सन्तोष यादव लाई राखेको छ ।

ए ग्रेडमा परेकाले एक लाख रुपैयाँ पाउने छन् । यस्तै बी, सी डीले क्रमशः ७० हजार, ५५ हजार र ३५ हजार मानसिक पारिश्रमिक पाउने क्यानले जनाएको छ इमर्जिङ खेलाडीलाई २५ हजार मासिक दिइनेछ ।

 

यसैगरी महिला तर्फ ए ग्रेडमा चारजना, बी ग्रेडमा एक जना सीमा दुईजना र डीमा १२ जना रहेका छन् । ग्रेड एमा कप्‍तान इन्दु बर्मा, पूजा महतो, रुबिना क्षेत्री र सीता राना मगर रहेका छन्। त्यस्तै ग्रेड बीमा कविता जोशी, ग्रेड सीमा कविता कुँवर र सम्झाना खड्का रहेका छन्। त्यस्तै ग्रेड डीमा बिन्दु रावल, अलिशा यादव, साना प्रविन, रिया शर्मा, सीमा केसी, साबित्री धामी, रोमा थापा, ईश्वरी विष्ट, कृष्मा गुरुङ, जोत्सनिका मारासिनी, रचना चौधरी र मनिषा उपाध्याय रहेका छन्।

ग्रेड एमा परेका महिला खेलाडीलाई ५० हजार, ग्रेड बीका लागि ३५ हजार, सीका लागि २५ हजार र डीका लागि २० हजार रुपैयाँ तलबको व्यवस्था गरिएको छ।