|  

कोशी, बाग्मती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

२९ फागुन, काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ।कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा दिउँसो मेघगर्जन-चट्याङसहित वर्षा हुने छ।

त्यस्तै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागहरूमा हल्का हिमपातको पनि सम्भावना छ। राति मधेसबाहेक सबै प्रदेशमा बदली हुनेछ। त्यस्तै कोशी र कर्णाली प्रदेशका हिमाली भू-भागहरूमा हिमपातको सम्भावना छ।