|  

रुस र युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न अमेरिकी प्रतिनिधिमण्डल रुस प्रस्थान

२९ फागुन, काठमाडौं । रुस र युक्रेन बीचको युद्ध अन्त्यका लागि वार्ता गर्न अमेरिकी प्रतिनिधि मण्डल रुस प्रस्थान गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार साउदी अरेबियामा युक्रेन र अमेरिका बीचको वार्तामा ३० दिनको युद्ध विरामका लागि सहमति भएपछि यसमा रुसी सहमति जुटाउन अमेरिकी प्रतिनिधि मण्डल त्यसतर्फ गएको हो।

साउदी अरेबियाको वार्ता सकिएपछि मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विकोफ नै रुससँग वार्ता गर्न त्यसतर्फ गएका हुन्।