२९ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछ।
सिदार्थ रंगशालामा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुनेछ । एक्स्ट्राटेक ओभल मैदानमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश खेल्ने छन् भने देउखुरी क्रिकेट रंगशालामा एपीएफ र मधेश प्रदेशबीच खेल हुनेछ ।सबै खेलहरू बिविहान ९ बजेदेखि सुरु हुनेछन् ।
अंकतालिकामा आर्मी र पुलिस समान ४ अंकसहित शीर्ष २ मा छन् भने एपीएफ र मधेश समान २ अंकसहित तेस्रो र चौथो स्थानमा छन् । २ अंक नै भएका कर्णाली, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी क्रमशः पाँचौं, छैंटौं, सातौं र आठौंमा छ्न् । अंकविहीन बागमती र कोशी नवौं र १०औं स्थानमा छन् ।