२९ फागुन, काठमाडौं । डोटीमा विषादी सेवनका कारण एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा केआईसिंह गाउँपालिका–४ धौलाकाँडाका २२ वर्षीय भरत कुँवर रहेका छन् ।
आफ्नै घरमा राखिएको मुसा मार्ने विषादी सेवन गरेपछि गम्भीर अवस्थामा पुगेका उनलाई स्थानीय दुर्गामाण्डौं स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार गरिएको थियो।
थप उपचारका लागि सुजङ अस्पताल, राजपुर लगिएको भए पनि उपचारको क्रममा राति २ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।विषादी सेवनको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।