|  

होलीलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा ठाउँ–ठाउँमा चेकिङ

२९ फागुन, काठमाडौं । होलीलाई मध्यनजर गर्दै काडमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा होली लक्षित सुरक्षा योजना बनाएर लागु गरेको छ ।

बिहीबार बिहानैदेखि उपत्यकामा चेकजाँच सुरु गरिएको छ ।ट्राफिक र स्थानीय प्रहरीले उपत्यकाको १ सय २१ ठाउँमा चेकजाँच गर्छन् । सवारीसाधन चलाउनेहरूले मादक पदार्थ सेवन गरेको र लागुपदार्थ सेवन गरेको चेकजाँच गरिने प्रहरीले जनाएको छ ।

 ३ वटा जिल्लाका १५५ ठाउँमा पिकेट ड्युटीका लागी प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ । पिकेट ड्युटीमा खटिने प्रहरीले आफ्नो क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधिबारे निगरानी र गस्ती गर्छन् ।

इच्छाविपरीत लोला हान्नेहरूलाई नियन्त्रणमा लिन र निगरानी गर्न सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ ।  
दुईपांग्रे सवारी चालकले हेलमेट नलगाएको र ३ जना चढेको भेटिए कारबाही गरिने प्रहरीको योजना  छ ।