|  

अन्तरिक्ष यात्री सुनिता बुच फर्काउने मिशन फेरि स्थगित

२९ फागुन, काठमाडौं ।  अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी बुच विल्मोरको अन्तरिक्ष स्टेशनमा फर्कने कार्य स्थगित गरिएको छ ।

उनीहरूको फिर्तीको लागि मिशन नासा र स्पेसएक्सले संयुक्त रूपमा अभियान चलाइरहेका छन् । यी अन्तरिक्ष यात्रीको फिर्ताका लागि फाल्कन–९ अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गर्ने भनिए पनि त्यसमा केही हाइड्रोलिक समस्या देखिएपछि बुधबारको प्रक्षेपण स्थगित गर्नुपरेको थियो ।

स्पेसएक्सले आफ्नो मेसिनमा उत्पन्न भएको समस्या कहिले समाधान हुन्छ भन्नेबारे अझै केही बताएको छैन ।दुवै यात्रुहरूले जुन ५, २०२४ मा परीक्षण अभियानका लागि स्टारलाइनर अन्तरिक्ष यानमा उडेका थिए।