|  

अपराधी पक्रिन गएका इन्सपेक्टरलाई स्थानीयले कुटेर मारे

२९ फागुन, काठमाडौं ।  भारको बिहारमा अभियुक्त पक्रन गएका एक प्रहरी निरीक्षकलाई स्थानीयले कुटेर मारेका छन्।

अपराधी पक्रिन दुई दिनअघि सहकर्मीसहित लक्ष्मीपुर गाउँ पुगेका इन्स्पेक्टर राजीवकुमार मल्ललाई स्थानीयले कुटेर मारेको स्रोतले जनाएको छ । 

फुल्काहा प्रहरी थानामा कार्यरत इन्सपेक्टर मल्ल मंगलबार राति लक्ष्मीपुर गाउँमा भीडको कुटपिटबाट मारिएका हुन्।  उनको टोलीले अभियुक्तलाई नियन्त्रणमा पनि लिइसकेको थियो। तर गाउँलेले आक्रमण गरी उसलाई प्रहरीबाट छुटाएका थिए।